सेयर बजारमा झिनो वृद्धि, पर्ख र हेरको अवस्थामा लगानीकर्ता « Arthapath.com
२१ पुष २०८१, आईतवार

सेयर बजारमा झिनो वृद्धि, पर्ख र हेरको अवस्थामा लगानीकर्ता



काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा सामान्य वृद्धि देखिएको छ । यस सेयर नेप्से परिसूचक झिनो अंकले बढेको हो । आइतबार बजार मापक नेप्से परिसूचक ५.३२ अंकले बढेर २५९१.५६ बिन्दुमा कारोबार रोकिएको छ । यस्ता सेन्सेटिभ इन्डेक्स भने झिनो अंकले घटेको छ ।

आज ३२७ कम्पनीको ९३ लाख ८६ हजार ७२१ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ८६ करोड २ लाख रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।

यसदिन बैंकिङ, फाइनान्स उत्पादन तथा प्रशोधन, लघुवित्त र म्युचुअल फण्ड समूह घटेका छन् । विकास बैंक, होटल एण्ड पर्यटन, जलविद्युत, लगानी, जिवान बीमा, निर्जीवन बीमा, व्यापार र अन्य समूहमा भने वृद्धि देखिएको छ ।

कारोबारमा आएकाअध्ये १४१ कम्पनीको सेयर मूल्य बढेका छन् भने ९४ कम्पनीको घटेका छन् । ८ कम्पनीको मूल्य भने स्थिर छ ।

आज उपकार लघुवित्त, दोर्दीखोला लघुवित्त र ग्रीन भेन्चर्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यी ३ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको हो ।

यता, नारायणी डेभलपमेन्ट बैंक, आत्मनिर्भर लघुवित्त, जानकी फाइनान्स लगायत कम्पनीको मूल्य भने घटेका छन् । कारोबार रकमको आधारमा भने जानकी फाइनान्स अगाडि देखिएको छ । यो कम्पनीको १९ करोड ९ लाख ४९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

पछिल्लो केही समययता सेयर बजारमा खासै उत्साह देखिएको छैन । लगानीकर्ताहरू पर्ख र हेरको अवस्थामा देखिन्छन् ।


प्रतिक्रिया दिनुहोस्