सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो « Arthapath.com
१४ माघ २०८१, सोमबार

सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो



काठमाडौं । सेयर बजारको गिरावट कायमै देखिएको छ । सोमबार पनि बजार १०.६१ अंक घटेको छ ।

साताको दोस्रो कारोबार दिन बजार परिसूचक २ हजार ६३३.३२ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आइतबार पनि बजार ११.१० अंक घटेको थियो ।

सोमबार विकास बैंक समूह ४०.५२ अंक, फाइनान्स ८४.५२ अंक, हाइड्रोपावर १३.२५, उत्पादन तथा प्रशोधन ४६.९५, माइक्रोफाइनान्स २.११ अंक वृद्धि भएको छ। यी बाहेकका अन्य समूहहरु राताम्य बनेका छन् ।

आज बजारसँगै कारोबार रकम पनि घटेको छ । आइतबार ९ अर्ब बढीको सेयर खरिदबिक्री भएको थियो । तर, आज घटेर ८ अर्ब ९२ करोड ४० लाख ६५ हजार रुपैयाँ बराबरको सेयर खरदिबिक्री भएको छ ।


प्रतिक्रिया दिनुहोस्