सप्तकोशी डेभलपमेन्टसहित यी कम्पनीको सेयर भाउ घट्यो

काठमाडौं । सोमबार सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य ८.४६ प्रतिशत घटेको छ। आज बैंकको सेयर मूल्य प्रतिकित्ता १३५ रुपैयाँ घटेर १ हजार ४६० रुपैयाँ कायम भएको छ ।
यस्तै, आज उपकार लघुवित्तको सेयर भाउ पनि ६.५० प्रतिशत, धौलागिरी लघुवित्तको ५.८५ प्रतिशत, नेपाल हाइड्रोको ५.४० प्रतिशत, स्वाभिमान लघुवित्तको ४.३६ प्रतिशत र रिभर फल्सको ४.३६ प्रतिशत घटेको छ ।
आज अपर हेवाखोला, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२, सानिमा ग्रोथ फन्ड लगायतका लगानीकर्ताले गुमाएका छन् ।

