तीन कारोबार दिनपछि सेयर बजारमा उछाल, बजारसँगै बढ्यो कारोबार रकम « Arthapath.com
१५ माघ २०८१, मंगलवार

तीन कारोबार दिनपछि सेयर बजारमा उछाल, बजारसँगै बढ्यो कारोबार रकम



काठमाडौं । सेयर बजारको गिरावटमा ब्रेक लागेको छ । लगातार तीन कारोबार दिनसम्म दोहोरो अंकमा घटी रहेको थियो । तर, मंगलबार भने बजार उच्च दोहोरो अंकले बढेको छ ।

साताको तेस्रो कारोबार दिन बजार २४.५० अंक वृद्धि भएको हो । आज बजार परिसूचक २ हजार ६५७.७७ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

आज सबै समूहरु हरियाली बनेका छन् । आज पनि सबैभन्दा धेरै विकास बैंक समहू ४.०७ प्रतिशत वृद्धि भएको छ ।
यस्तै, फाइनान्स १.८८ प्रतिशत, हाइड्रोपावर १.४९ प्रतिशत, उत्पादन तथा प्रशोधन १.२३ प्रतिशत, लगानी समूह १ प्रतिशत वृद्धि भएको छ ।

आज बजारसँगै कारोबार रकम पनि बढेको छ । आज ९ अर्ब ४० करोड २६ लाख ७८ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । मंगलबार १ करोड ९६ लाख ८० हजार १९५ कित्ता सेयर किनबेच भएको हो ।

आज पनि सप्तकोशी डेभलपमेन्ट बैंकको सर्वाधिक सेयर कारोबार भएको छ । आज बैंकको ३८ करोड २१ लाख ३२ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।

कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको नेपाल पुनर्बीमा कम्पनीको २९ करोड ३ लाख ९१ हजार रुपैयाँ सेयर किनबेच भएको छ।

यता, एनआरएन इन्फ्रास्ट्रक्चरको पनि २८ करोड ८७ लाख ३९ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।


प्रतिक्रिया दिनुहोस्