सेयर बजारमा सामान्य सुधार « Arthapath.com
२१ माघ २०८१, सोमबार

सेयर बजारमा सामान्य सुधार



काठमाडौं । सेयर बजार सामान्य बढेको छ । सोमबार बजार २.४१ अंक मात्रै वृद्धि भएको हो ।

साताको पहिलो कारोबार दिन अर्थात् आइतबार एकैदिन झन्डै ७० अंक बढेको थियो । तर, आज भने २.४१ अंक बढेको छ । उक्त दिन बजार परिसूचक २ हजार ७३० अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

उक्त दिन बैंकिङ्ग समूह ७.४२ अंक, जीवन बीमा ८९.३० अंक, निर्जीवन बीमा १०८.८४ अंक, उत्पादन तथा प्रशोधन २०.०५ अंक, व्यापार समूह ३५.२७ अंक वृद्धि भएको छ ।

आइतबारको तुलनामा आज कारोबार रकम भने केही घटेको देखिन्छ । आज ११ अर्ब ८७ करोड ५९ लाख ६७ हजार रुपैयाँ बराबरको २ करोड ३७ लाख ७० हजार ३४८ कित्ता सेयर किनबेच भएको छ ।

आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको सर्वाधिक सेयर कारोबार भएको छ । आज कम्पनीको ३५ करोड ३० लाख ७५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

यस्तै, आज सप्तकोशी डेभलपमेन्ट बैंकको ३२ करोड ७३ लाख ४० हजार, बरुण हाइड्रोपावरको ३० करोड २२ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।


प्रतिक्रिया दिनुहोस्