सेयर बजारमा गिरावट कायमै, बजार घटेपनि कारोबार रकममा भने बढोत्तरी

काठमाडौं । बुधवार पनि सेयर बजारमा गिरावट आएको छ । साताको चौंथे कारोबार दिन बजार ४.४५ अंक घटेको हो । मंगलबार पनि बजार १४.०८ अंक घटेको थियो ।
आज बजार परिसूचक २ हजार ७११.४५ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज फाइनान्स समूहमा उछाल आएको छ । उक्त दिन फाइनान्स ५.६७ प्रतिशत अर्थात् १४३.८९ अंक वृद्धि भएको छ ।
यस्तै, आज निर्जीवन बीमा समूह २५.३३ अंक, अन्य समूह ६.०५ अंक, जलविद्युत समूह १.६१ अंक वृद्धि भएको छ। यता, म्युचुअल फन्डमा पनि झिनो सुधार देखिन्छ ।यी बाहेकका अन्य समूहहरु राताम्य बनेका छन् ।

बजार घटे पनि आज कारोबार रकम भने बढेको छ। उक्त दिन ८ अर्ब ९५ करोड ८० लाख ७ हजार रुपैयाँ बराबरको १ करोड ९१ लाख ८१ हजार ४१४ कित्ता सेयर किनबेच भएको छ ।
आज नेपाल पुनर्बीमा कम्पनीको सेयर सर्वाधिक किनबेच भएको छ । आज कम्पनीको ३३ करोड ७६ लाख ३९ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको हो ।
यस्तै, आज हिमालयन पावर पार्टनरको २७ करोड १४ लाख ६९ हजार, सिनर्जी पावरको २२ करोड २० लाख, ग्रीन डेभलपमेन्टको २० करोड ९३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।
