सेयर बजारको उकालो यात्रा कायमै, आज पनि दोहोरो अंक बढ्यो, साढे १० अर्बको कारोबार

काठमाडौं । आज पनि सेयर बजार दोहोरो अंकले वृद्धि भएको छ । साताको तेस्रो कारोबार दिन बजार ११.९१ अंकले बढेको हो ।
उक्त दिन बजार २ हजार ७३९.८२ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज जीवन बीमा समूह २३०.०४ अंक, निर्जीवन ३९.२७ अंक, व्यापार समूह १७.६५ अंक, बैंकिङ्ग समूह ३.१० अंक, अन्य समूह ७८.२७ अंक वृद्धि भएको छ । यी बाहेकका अन्य समूहहरु भने राताम्य बने छन् ।

बजारसँगै कारोबार रकम पनि वृद्धि भएको छ । आज १० अर्ब ४३ करोड ७० लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।
आज पनि हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक ८२ करोड २ लाख ३६ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । यस्तै, नेपाल इन्स्योरेन्स कम्पनीको पनि ५१ करोड ६८ लाख २४ हजार रुपैयाँ बराबरको सेयर किनेबच भएको छ।