दुई कम्पनीको सेयर मूल्यमा नकरात्मक सर्किट, आज क–कसले गुमाए ? « Arthapath.com
६ फाल्गुन २०८१, मंगलवार

दुई कम्पनीको सेयर मूल्यमा नकरात्मक सर्किट, आज क–कसले गुमाए ?



काठमाडौं । साताको तेस्रो कारोबार दिन दुई कम्पनीको सेयर मूल्यमा नकरात्मक सर्किट लागेको छ ।

उक्त दिन सप्तकोशी डेभलपमेन्ट बैंक र कुमारी बैंकको ऋण पत्र ‘१०.२५ प्रतिशत केबिएल डिबेन्चर २०८६’ को सेयर मूल्य १० प्रतिशत घटेको हो ।

यस्तै, आज भुगोल इनर्जीको सेयर मूल्य पनि ८.९५ प्रतिशत, एक्सेल डेभलपमेन्टको ५.९९ प्रतिशत, बोतलर्स नेपाल (बालाजु) को ५.८४, ग्लोबल आइएमई ब्लालेन्सड फन्ड–१ को ५.७५ र ग्रीन डेभलपमेन्ट बैंकको ५.६८ प्रतिशत घटेको छ ।

आज यीसहित उन्नती सहकार्य लघुवित्त, कर्पोरेट डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स कम्पनी लगायतका लगानीकर्ताले गुमाएका छन् ।


प्रतिक्रिया दिनुहोस्