सेयर बजारको उकालो यात्रा, आज ११ अर्बको कारोबार हुँदा दुई कम्पनीमा झुम्मिए लगानीकर्ता « Arthapath.com
१२ फाल्गुन २०८१, सोमबार

सेयर बजारको उकालो यात्रा, आज ११ अर्बको कारोबार हुँदा दुई कम्पनीमा झुम्मिए लगानीकर्ता



काठमाडौं । सोमबार पनि सेयर बजार वृद्धि भएको छ । आज बजार ३.३५ अंक वृद्धि भएको हो ।

साताको दोस्रो कारोबार दिन बजार परिसूचक २ हजार ७५८.७५ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । उक्त दिन बैंकिङ्ग १.१५ अंक, लगानी समूह १.०९ अक, उत्पादन तथा प्रशोधन समूह ६९.८० अंक वृद्धि भएको छ। यी बाहेकका अन्य समूहहरु भने घटेका छन् ।

आज ११ अर्ब ८ करोड ५४ लाख ६४ हजार रुपैयाँ बराबरको २ करोड ११ लाख १० हजार ६१९ कित्ता सेयर खरिदबिक्री भएको छ ।

आज पनि हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक ८९ करोड ३५ लाख ३८ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । कारोबार रकमको आधारमा दोस्रो सूचीमा नेपाल पुनर्बीमा कम्पनी छ । आज कम्पनीको ८० करोड ६७ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चरको ४४ करोड ९४ लाख ७४ हजार, घलेम्दी हाइड्रोको ३८ करोड ९७ लाख, सीइडीबी होल्डिङको ३१ करोड ३३ लाख, र एनआइडीसीएलको ३१ करोड २ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।


प्रतिक्रिया दिनुहोस्