आज १८६ कम्पनीको बढ्यो सेयर भाउ, चार वटाको मूल्यमा सकरात्मक सर्किट « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

आज १८६ कम्पनीको बढ्यो सेयर भाउ, चार वटाको मूल्यमा सकरात्मक सर्किट



काडमाडौं । साताको अन्तिम कारोबार दिन चार कम्पनीहरुको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ ।

बिहीबार गार्डियन माइक्रो लाइफ, अपर हेवा खोला, सिन्धु विकास बैंक, दोर्दी खोला जलविद्यूत कम्पनीको सेयर भाउ १० प्रतिशत वृद्धि भएको हो ।

उक्त दिन लिवर्टी इनर्जीको सेयर भाउ पनि ९.९६ प्रतिशत, गुराँस लघुवित्तको ९.२४ प्रतिशत, बोतलर्स नेपाल (बालाजु) को ८.९९ प्रतिशत, आँखुखोला जलविद्युतको ६.९८ प्रतिशत, एनआइडीसीएलको ६.९३ प्रतिशत वृद्धि भएको छ।

यी सहित आज १८६ कम्पनीहरुका लगानीकर्ताहरुले कमाएका छन् ।


प्रतिक्रिया दिनुहोस्