झन्डै ५० अंकले सेयर बजार बढ्दा पनि चार दर्जन कम्पनीहरुको मूल्य घट्यो

काठमाडौं । बिहीबार चार दर्जन बढी कम्पनीहरुको सेयर मूल्य घटेको छ । साताको अन्तिम कारोबार दिन ५२ वटा कम्पनीहरुको सेयर मूल्यमा गिरावट आएको हो ।
उक्त दिन भुगो इनर्जीको सेयर भाउ सबैभन्दा धेरै ७.१७ प्रतिशत घटेको छ । यस्तै, उपकार लघुवित्तको सेयर मूल्य पनि ६.२५ प्रतिशत घटेको छ ।
बजार समग्रमा हरियाली बन्दा पनि आज आइएमई लाइफ, ग्रीन डेभलपमेन्ट बैंक, छ्याङदी हाइड्रोपावर, सगरमाथा जलविद्युत, एशियन हाइड्रोपावर लगायतका लगानीर्ताले गुमाएका छन् ।

