नेप्सेको सीईओका लागि १० जनाको आवेदन, कसले मार्ला बाजी ? « Arthapath.com
२५ फाल्गुन २०८१, आईतवार

नेप्सेको सीईओका लागि १० जनाको आवेदन, कसले मार्ला बाजी ?



काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि १० जनाको आवेदन परेको छ ।

अर्थ मन्त्रालयले उक्त पदमा आवेदन दिने म्याद (थपिएको समेत) आइतबारसम्मका लागि तोकेको थियो ।

यसबीचमा पूर्णप्रसाद आचार्य, बद्रिप्रसाद प्याकुरेल, नारदकुमार लुइटेल, युवराज दाहाल, प्रविण अधिकारी, चुडामणी चापागाईँ, बिमलकुमार तिवारी, कृष्णबहादुर कार्की, हेमन्त वश्याल र मुकुन्दराज जोशीको आवेदन परेको अर्थ मन्त्रालयले जनाएको छ ।

आइतबार साँझ ५ बजेसम्म प्राप्त आवेदनबाट यो सूची जारी गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।

अर्थ मन्त्रालयका सहसचिवहरुको समूहले उनीहरुमध्येबाट नयाँ सीईओ नियुक्ति गर्ने प्रक्रिया अघि बढाउने छन् ।

नेप्सेमा भर्खरै कार्यकाल सक्काएर बाहिरिएका कृष्णबहादुर कार्कीले पनि आवेदन दिएका थिए । उनले यसअघि नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि पनि आवेदन दिएका थिए ।

नेप्सेको सीईओ बन्न दाबेदारी प्रस्तुत गर्नेहरु :


प्रतिक्रिया दिनुहोस्