दुई कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि
काठमाडौं । सातको तेस्रो कारोबार दिन दुई कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ ।
मंगलबार महालक्ष्मी विकास बैंकको सेयर भाउ ९.९८ प्रतिशत वृद्धि भएको हो । आज बैंकको सेयर मूल्य प्रतिकित्ता ४०.५० रुपैयाँ वृद्धि भई ४४६.४० रुपैयाँ कायम भएको छ ।
यता, विन नेपाल लघुवित्तको सेयर मूल्य पनि ८.८० प्रतिशत अर्थात् प्रतिकित्ता ३०८ रुपैयाँ वृद्धि भएको छ । योसँगै आज कम्पनीको सेयर भाउ ३ हजार ८०८ रुपैयाँ कायम भएको छ।
आज यी दुई कम्पनीसहित ज्योति विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक लगायतका लगानीकर्ताले कमाएका छन् ।















