लगातार ७ कारोबार दिनको गिरावटपछि सेयर बजारमा हरियाली « Arthapath.com
२८ फाल्गुन २०८१, बुधबार

लगातार ७ कारोबार दिनको गिरावटपछि सेयर बजारमा हरियाली



काठमाडौं । लगातारको गिरावट पछि सेयर बजारमा दोहोरो अंकको बढोत्तरी देखिएको छ । साताको चौंथो कारोबार दिन बजार १७.२८ अंक वृद्धि भएको हो ।

आज बजार परिसूचक २ हजार ७३६.४८ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । मंगलबार ३२.११ अंक, सोमबार २०.६८ अंक र आइतबार ४६.३३ अंक घटेको थियो ।

बुधवार विकास बैंक १९.४८ अंक र माइक्रोफाइनान्स १४.०८ अंक घटेको छ । यी बाहेकका अन्य समूहहरु भने हरियाली बनेका छन् ।

आज ८ अर्ब २३ करोड ५२ लाख ६८ हजार रुपैयाँ बराबरको २ करोड २९ लाख ४१ हजार ३६५ कित्ता सेयर खरिदबिक्री भएको छ ।

आज माछापुच्छ्रे बैंकको संस्थापक सेयर सर्वाधिक खरिदबिक्री भएको छ । आज बैंकको संस्थापक सेयर ८१ करोड ३६ लाख ५२ हजार रुपैयाँ बराबरको सेयर किनेबच भएको छ।

बुधवार हिमालयन रिइन्स्योरेन्सको ५६ करोड ४ लाख, एनआरएन इन्फ्रास्ट्रक्चरको ४९ करोड ३६ लाख, घलेम्दी हाइड्रोको ३९ करोड ६७ लाख, महालक्ष्मी विकासको ३८ करोड ८६ लाख, गार्डियन माइक्रो लाइफको ३६करोड ८६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।


प्रतिक्रिया दिनुहोस्