एक दिन पनि टिकेन सेयर बजारमा हरियाली, आज फेरि दोहोरो अंकको गिरावट « Arthapath.com
३ चैत्र २०८१, आईतवार

एक दिन पनि टिकेन सेयर बजारमा हरियाली, आज फेरि दोहोरो अंकको गिरावट



काठमाडौं । सेयर बजार दोहोरो अंकले घटेको छ । साताको पहिलो कारोबार दिन बजार २१.६३ अंकले घटेको हो ।

अघिल्लो दिन अर्थात् गत बिहीबार बजार १७.२८ अंक वृद्धि भएको थियो । तर, बजारको हरियाली एक दिन पनि टिक्न सकेन ।

आइतबार बजार परिसूचक २ हजार ७१४.८५ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज व्यापार समूह २०२.०१ अंक वृद्धि भएको छ । यी बाहेकका अन्य सबै समूह राताम्य बनेका छन् ।

बजारसँगै आज कारोबार रकम पनि घटेको छ । गत बिहीबार ७ अर्ब २१ करोड बढीको सेयर खरिदबिक्री भएको थियो ।
तर, आज भने ६ अर्ब ८३ करोड ६६ लाख ४० हजार रुपैयाँ बराबरको १ करोड ३९ लाख ७४ हजार ४५२ कित्ता सेयर किनबेच भएको छ ।

आज पनि हिमालयन रिइन्स्योरेन्समा लगानीकर्ता झुम्मिएका छन् । आज पनि कम्पनीको सर्वाधिक ५८ करोड ६६ लाख ८ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको हो ।

यस्तै, महालक्ष्मी विकास बैंकको पनि ३७ करोड ३० लाख, घलेम्दी हाइड्रोको ३६ करोड ९४ लाख, नेपाल रिइन्स्योरेन्सको ३४ करोड १६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।


प्रतिक्रिया दिनुहोस्