तीन कम्पनीका लगानीकर्ता मालामाल, आज प्रतिकित्ता कसले कति कमाए ? « Arthapath.com
२६ चैत्र २०८१, मंगलवार

तीन कम्पनीका लगानीकर्ता मालामाल, आज प्रतिकित्ता कसले कति कमाए ?



काठमाडौं । मंगलबार तीन कम्पनीका लगानीकर्ता मालामाल भएका छन् ।

उक्त दिन बोतलर्स नेपाल (बालाजु), विन नेपाल लघुवित्त र नेपाल माइक्रो इन्स्योरेन्सका लगानीकर्ताले उच्च दरमा कमाएका हुन् । आज यी तीनै वटा कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ ।

आज बोतलर्स नेपाल (बालाजु) को सेयर भाउ १० प्रतिशत अर्थात् प्रतिकित्ता १ हजार ६२०.८० रुपैयाँ बढेर १७ हजार ८३०.२० रुपैयाँ पुगेको छ ।

यस्तै, विन नेपालको पनि प्रतिकित्ता २७२.६२ रुपैयाँ बढेर प्रतिकित्ता २ हजार ९९८.९० रुपैयाँ कायम भएको छ । यता, नेपाल माइक्रोको सेयर भाउ पनि ९.९९ प्रतिशत अर्थात् प्रतिकित्ता ३०.२० रुपैयाँ बढेर ३३२.५० रुपैयाँ कायम भएको छ ।

आज यी कम्पनीहरुसहित १२१ वटा कम्पनीको सेयर भाउ वृद्धि भएको छ ।


प्रतिक्रिया दिनुहोस्