नेप्सेमा २ कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कित्ता कति ? « Arthapath.com
२२ बैशाख २०८२, सोमबार

नेप्सेमा २ कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कित्ता कति ?



काठमाडौं नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा २ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा आरएसडीसी लघुवित्त र नेपाल हाइड्रो डेभलपर्सको बोनस सेयर सूचीकृत भएको हो ।

आरएसडीसी लघुवित्तको ९.५० प्रतिशत बोनस सेयर वापतको ८ लाख ९७ हजार १३३.५२ कित्ता सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको छ ।

त्यसैगरी, नेपाल हाइड्रो डेभलपर्सको २ लाख ८७ हजार ५५३ कित्ता सेयर सूचीकृत भएको छ ।कम्पनीको ८ प्रतिशत बोनस वापतको सेयर सूचीकृत भएको हो ।

मंगलबारबाट सूचीकृत सेयर कारोबार गर्न मिल्नेछ ।


प्रतिक्रिया दिनुहोस्