झन्डै २०० कम्पनीको सेयर भाउ बढ्यो, आज कसले कमाए–कसले गुमाए ?

काठमाडौं । साताको तेस्रो कारोबार दिन दुई कम्पनीको सेयर मूल्य सर्किट लेभलमा वृद्धि भएको छ ।
मंगलबार प्योर इनर्जी र श्री इन्भेष्टमेन्ट फाइनान्सको सेयर भाउ ९.९९ प्रतिशत वृद्धि भएको छ ।
आज समृद्धि फाइनान्सको सेयर भाउ ७.८५ प्रतिशत, जानकी फाइनान्स ६.९४ प्रतिशत, रिलायन्स फाइनान्सको ६.७९ प्रतिशत, बेष्ट फाइनान्सको ६.४२ प्रतिशत वृद्धि भएको छ ।
आज यीसहित झन्डै २०० कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज १९६ वटा कम्पनीको सेयर मूल्य वृद्धि भएको छ ।



तर, आज ५२ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । आज रावा इनर्जीको सर्वाधिक ६.२० प्रतिशत घटेको छ ।
आज ओम मेगाश्री, नारायणी डेभलपमेन्ट बैंक लगायत ५२ वटा कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।


