तीन कम्पनीको सेयर मूल्यमा सर्किट, आज ९० वटा कम्पनीका लगानीकर्ताले कमाए

काठमाडौं । तीन कम्पनीको सेयर मूल्यमा सर्किट लागेको छ । साताको पहिलो कारोबार दिन ग्रीन डेभलपमेन्ट बैंकसहित तीन कम्पनीको सेयर भाउ सर्किट लेभलमा वृद्धि भएको हो ।
आइतबार ग्रीन डेभलपमेन्टको सेयर भाउ १० प्रतिशत अर्थात् प्रतिकित्ता ११५.६२ रुपैयाँ वृद्धि भइ १ हजार २७१.२० रुपैयाँ कायम भएको छ ।
यस्तै, आज प्योर इनर्जीको पनि ९.९९ प्रतिशत, छ्याङ्दी हाइड्रोपावरको ९.९९ प्रतिशत वृद्धि भएको छ।
उक्त दिन बरुण हाइड्रोपावरको सेयर भाउ पनि ९.८४ प्रतिशत, युनियन हाइड्रोपावरको ९.३४ प्रतिशत, राप्ती हाइड्रोको ७.२७ प्रतिशत र सानिमा मिडल तमोरको ६.९९ प्रतिशत वृद्धि भएको छ । आज सहित ९० वटा कम्पनीका लगानीकर्ताले कमाएका छन् ।

