सेयर बजारमा लगातार सातौँ दिन पहिरो: नेप्से २४.६३ अङ्कले घट्याे, १३ वटै उपसूचक राताम्य
काठमाडाैं । शेयर बजार लगातार साताैँ कारोबार दिन पनि घटेको छ । साताको पहिलो कारोबार दिन १६ दशमलव ५४ अङ्कले घटेकाे शेयर बजार परिसूचक नेप्से आज पनि २४.६३ अंकले घटेकाे हाे ।
आज ०.९३ प्रतिशत घटेर नेप्से परिसूचक २६ सय ८ दशमलव ३३ बिन्दुमा राेकिएकाे हाे ।
आज १३ वटै समूहका उपसूचक घटेका छन् । यसदिन व्यापार १. ७४, हाइड्राेपावर १.४३, अन्य १.३१, उत्पादन तथा प्रशाेधन १.२० र फाइनान्स समुहकाे उपसूचक १ प्रतिशत घटेकाे छ।
आज २३५ वटा कम्पनीको शेयर घटेकोमा ३५ वटाको बढेको छ । यस्तै ५ वटा कम्पनीको शेयर भने घटबढ भएको छैन।
आजकाे काराेबारमा स्नाे रिभर लिमिटेडकाे सेयर मूल्य १४.९९, कर्पाेरेट डेभलपमेन्ट बैंक १३.०४ र स्वालवम्वन लघुवित्त १०.८० प्रतिशत बढेकाे छ।
नेप्से घटे पनि आज काराेबारमा भने झिनाे सुधार देखिएकाे छ। यसदिन ३६५ वटा कम्पनीका ८७ लाख ३७ हजार ३९२ कित्ता शेयर ३ अर्ब २५ करोड ८७ लाख ५८ रुपैयाँमा किनबेच भएको छ ।
हिजाे ३५१ वटा कम्पनीका ७६ लाख ९९ हजार २२७ कित्ता शेयर २ अर्ब ६७ करोड १८ लाख ३२ रुपैयाँमा किनबेच भएकाे थियाे।













