थप दुई कम्पनीले आईपीओ निष्काशन गर्ने, कुनको कति ?
काठमाडौं । थप दुई हाइड्रोपावर कम्पनीहरुले आईपीओ निष्काशन गर्ने भएका छन् ।
आईपीओ निष्काशनका लागि सगरमाथा हाइड्रोपावर माइखोला हाइड्रोपावर कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका हुन् ।
सगरमाथा हाइड्रोपावर कम्पनीले ५४ करोड ८८ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशनका लागि भदौं ९ गते बोर्डमा निवेदन दिएको हो ।
कम्पनीले बोर्डबाट अनुमति पाएपछि ५४ लाख ८८ हजार कित्ता आईपीओ निष्काशन गर्नेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।
यस्तै, माइखोला हाइड्रोपावरले १९ करोड २१ हजार ५६ हजार ८ सय रुपैयाँ बराबरको १९ ल ाख २१ हजार ५६८ कित्ता आईपीओ निष्काशन गर्ने भएको हो ।
कम्पनीको आईपीओ निष्काशनका लागि भदौ २२ गते बोर्डमा निवेदन दिएको छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।















