बल्ल हेर्न मिल्यो श्रृजनशील लघुवित्तको आईपीओ नतिजा
काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्थाको आईपीओ ३६ हजार ८५९ जनाले हात पारेका छन् । कम्पनीको आईपीओ सोमबार बाँडफाँट भएको हो ।
कम्पनीको आईपीओ कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा बाँडफाँट गर्दा भाग्मानी ३६ हजार ८५९ जनाले १० कित्ताका दरले सेयर पाएका छन् ।
गत भदौ १५ गतेदेखि निष्काशन गरेको कम्पनीको आईपीओमा १९ लाख ५ हजार १८६ जनाको आवेदन परेको छ । कम्पनीको आईपीओमा माग भन्दा धेरै आवेदन परेकाले गोलाप्रथाबाट वितरण गरिएको हो । कम्पनीको आईपीओमा आवेदन दिने १८ लाख ७० हजार आवेदको हात खाली भएको छ ।
कम्पनीको आईपीओ नतिजा हेर्नका लागि
सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइटः https://iporesult.cdsc.com.np/
बिक्रि प्रबन्धकको वेबसाइटः https://www.sunrisecapital.com.np/
लघुवित्तको वेबसाइटः www.shrijanshil.org
मेरो शेयर : meroshare.cdsc.com.np/#/login
कम्पनीले जारी पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँको ३६ प्रतिशतले हुन आउने ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको हो ।
३ लाख ९३ हजार ७५० कित्ता मध्ये ०.५ प्रतिशत आर्थत ५ हजार ४७० कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात १९ हजार ६९० कित्तासामुहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहने ३ लाख ६८ हजार ५९० कित्ता सेयरमा मात्रै सर्वसाधारणलाई छुट्याएको हो ।















