अरुण काबेली पावर र मल्टीपर्पस फाइनान्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन « Arthapath.com
३१ भाद्र २०८०, आईतवार

अरुण काबेली पावर र मल्टीपर्पस फाइनान्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन



काठमाडौं । अरुण काबेली पावर र मल्टीपर्पस फाइनान्सको हकप्रदमा आवेदन दिने आज अर्थात भदौ ३१ गते अन्तिम दिन रहेको छ ।

अरुण काबेली कम्पनीले १ः१ अनुपातमा १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद जारी गरेको हो । कम्पनीले १ सय अंकित मूल्यमा १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५ सय रुपैयाँ बराबरको हकप्रद निष्कासन तथा बिक्री खुला भएको हो । कम्पनीले असार २५ गते बुक क्लोज गरेको हुदाँ असार २४ गतेसम्म कायम सेयरधनीहरुले मात्र हकप्रदमा आवेदन दिन सकिनेछ ।

हकप्रदमा नबिल इन्भेष्टमेन्ट बैंकिङ र अरुण काबेलीको कार्यालय ट्रेड टावर थापाथलीबाट आवेदन दिन सकिनेछ । साथै, हिमालयन र नबिल बैंकको तोकिएको शाखा कार्यालदयबाट आवेदन दिन सकिन्छ । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ । कम्पनीको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ ।

मल्टीपर्पस फाइनान्स कम्पनीले ३५ प्रतिशत हकप्रद सेयर भदौ १० गतेदेखि निष्कासन गरेको हो । कम्पनीले १ः०।३५ अनुपातमा १५ करोड ८२ लाख रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको हो । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १५ लाख ८२ हजार कित्ता हकप्रद सेयर निष्कासन गरेको छ । जसका लागि कम्पनीले साउन १२ गते बुक क्लोज गर्ने भएको हुदाँ साउन ११ गतेसम्म कायम सेयरधनीहरुले मात्र हकप्रदमा आवेदन दिन सकिनेछ ।

कम्पनीको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले मुक्तिनाथ क्यापिटल, मल्टीपर्पस फाइनान्स र मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्