हकप्रद सेयर निष्कासन गर्दै सन नेपाल लाइफ, बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग « Arthapath.com
२० बैशाख २०८१, बिहीबार

हकप्रद सेयर निष्कासन गर्दै सन नेपाल लाइफ, बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग



काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले १ः०.२७ को अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको हो ।

कम्पनीले प्रति सेयर १०० रुपैयाँ दरको १ करोड ६ लाख ९६ हजार ३२० कित्ता बराबरको हकप्रद सेयर निष्काशन गर्न लागेको छ ।

उक्त हकप्रद सेयर निष्कासन तथा विक्रीका लागि कम्पनीले नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

एक समारोहबिच नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गको तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र सन नेपाल लाइफको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालले धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्