आगामी बिहीबारदेखि शतप्रतिशत हकप्रद सेयर बिक्री गर्दै अरुण भ्याली हाइड्रोपावर « Arthapath.com
११ फाल्गुन २०८०, शुक्रबार

आगामी बिहीबारदेखि शतप्रतिशत हकप्रद सेयर बिक्री गर्दै अरुण भ्याली हाइड्रोपावर



काठमाडौं । अरुण भ्याली हाइड्रोपावर कम्पनीले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले आउँदो फागुन १७ गते बिहीबारदेखि १:१ अनुपातमा १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद सेयर जारी गर्ने भएको हो ।

कम्पनीले १ सय अंकित मूल्यमा १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्नेछ । कम्पनीको हकप्रद सेयरमा गत माघ १४ गतेसम्म कायम सेयरधनीहरुले दावी गर्न पाउनेछन् ।

कम्पनीले हकप्रद सेयर प्रयोजनका लागि माघ १५ गते बुक क्लोज गरिसेको छ । आवेदन चैत ७ गतेसम्म दिन सकिनेछ ।कम्पनीको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।


प्रतिक्रिया दिनुहोस्