राप्ती हाइड्रोको शप्रतिशत हकप्रद सेयरमा आजदेखि आवेदन दिन सकिने « Arthapath.com
१ असार २०८२, आईतबार

राप्ती हाइड्रोको शप्रतिशत हकप्रद सेयरमा आजदेखि आवेदन दिन सकिने



काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेड आज अर्थात् असार १ गते देखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको छ ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको शतप्रतिशत हकप्रद सेयर जारी गरेको हो । कम्पनीले ६१ करोड २७ लाख ९३ हजार ८ सय रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ ।

हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले जेठ ६ गते बुक क्लोज गरेको थियो । यस अनुसार जेठ ५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको हकप्रद सेयरमा असार २२ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

हाल कम्पनीको चुक्ता पूँजी ६१ करोड २७ लाख रहेको छ । हकप्रद निष्काशन तथा भने १ अर्ब २२ करोड ५५ लाख रुपैयाँ पुग्नेछ ।


प्रतिक्रिया दिनुहोस्