एसईई नतिजा प्रकासित, भदौ १५ सम्म कलेजले भर्ना लिन नपाउने « Arthapath.com
१ भाद्र २०७७, सोमबार

एसईई नतिजा प्रकासित, भदौ १५ सम्म कलेजले भर्ना लिन नपाउने



काठमाडौं । २०७६ सालको एसईई परिक्षाको परिक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा एसईईको नतिजा सोमबार प्रकाशन गरेको हो ।

गत २०७६ चैत्र ५ गतेदेखी गर्ने भनिएको एसईई परिक्षा कोरोनाका कारण सरकारले स्थगित गरेको थियो । यसवर्ष ४ लाख ८२ हजार ९ सय ८६ परीक्षार्थी एसईईको लागी योग्य रहेका थिए । परिक्षा नियन्त्रण कार्यालयले ४ लाख ७२ हजार ७८ जना विद्यार्थीको नतिजा प्रकाशन गरेको हो ।

१० हजार विद्यार्थी परिक्षफल निस्केको छैन । ति विद्यार्थी अयोग्य भएका थिए । बोर्डले एसईईको नतिजा निकाले पनि कलेज भर्ना भने भदौ १५ गतेपछि मात्रै हुने भएको छ । सरकारले भदौ १५ गतेसम्म भिडभाड गर्न नपाइने निर्देशन जारी गरेकाले विद्यार्थी भर्ना भने गर्न पाइने छैन ।

बोर्डले परिक्षाफल प्रकाशनमा केही त्रुटि भए ३५ दिनभित्र सच्याउन आग्रह गरेको छ । एसईईको नतिजा परिक्षा बोर्डको वेबसाइट, एसएमएस मार्फत हेर्न सकिनेछ । नेपाल टेलिकम र एनसेलको नम्बरबाट १६०० डायल गरी नतिजा थाहा पाउन सकिने बोर्डले व्यवस्था गरेको छ ।


प्रतिक्रिया दिनुहोस्