क्रिप्टो र सट्टेबाजीमा २ अर्ब बढीको कारोबार गरेको आरोपमा २४ वर्षीय ढुंगाना पक्राउ
काठमाडौं । अनलाइन सट्टेबाजीमा २ अर्ब बढी कारोबार गरेको आरोप २४ वर्षीय अनिल ढुङगाना पक्राउ गरेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले वानएक्सबेट, जुवा३६५, क्रिप्टो मार्फत २ अर्ब १ करोड भन्दा बढी रकमको कारोबार गर्ने काभ्रेपलाञ्चोक, मण्डनदेउपुर नगरपालिका–८ का ढुङगानालाई पक्राउ गरेको हो । उनी हाल भक्तपुर सूर्यविनायक–२ मा बस्दै आएका थिए ।
विश्वमा संचालन हुने विभिन्न खेलहरुमा सट्टेबजी गर्न प्रयोग हुने बेटिङ अप्लिकेशन वानएक्सबेट, जुवा३६५, क्रिप्टो मार्फत सट्टाबाजी लगान रकम संकलन गर्ने, गराउने कार्य गर्ने क्रिप्टो करेन्सी कारोबार गर्न सक्रिय एजेन्ट रहेको भन्ने प्राप्त सूचनाको आधारमा प्रहरीले प्रारम्भिक अनुसन्धान गरेको थियो ।
ढुङगानाले विभिन्न व्यक्तिहरुको नाममा रहेको मोबाइल नम्बरहरुबाट ११ वटा कनेक्ट आइपिएस एकाउन्ट, १५ वटा इसेवा वालेट एकाउन्ट लगायतका सोही एकाउन्टमा लिंकअप भएका ५६ वटा बैंक खाता गरि २ अर्ब १ करोड १८ लाख ४४ हजार १०२ रुपैयाँ बराबरको कारोबार गरेको पाइएको छ ।
उनलाई प्रचलित कानुन बमोजिम मुलुकी अपराध संहिता, २०७४ को दफ १२५ को उपदफा ४ र सोही संहिताको दफ १६२ (क) १ बमोजिमको कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीका लागि जिल्ला प्रहरी परिसर भक्तपुरमा पठाएको छ ।