एनसेलले विद्यार्थीका लागि ‘एनसेल अडियो क्लास’ योजना ल्यायो,यसरि लिनहोस् सेवा « Arthapath.com
२६ पुष २०७७, आईतवार

एनसेलले विद्यार्थीका लागि ‘एनसेल अडियो क्लास’ योजना ल्यायो,यसरि लिनहोस् सेवा



काठमाडौं । एनसेलले विद्यार्थीका लागि ‘एनसेल अडियो क्लास’ को योजना ल्याएको छ । एनसेलको सिमकार्ड भएका विद्यार्थीले आवश्यकताअनुसार विभिन्न विषयहरु सजिलै अडियोमार्फत अध्ययन गर्न सक्नेछन् । विद्यार्थीले मोबाइलमार्फत पाठ्यक्रममाआधारित पाठहरु मोबाइलबाटै सुन्दै सिक्न सक्ने एनसेलले जनाएको छ ।

इन्टरएक्टिभ भ्वाइस रेस्पोन्स (आइभीआर)मा आधारित यो सेवा कम्पनीले आफ्नो ‘अनपज’अभियानअन्तर्गत ल्याएको हो । पाठ्यक्रममाआधारित शैक्षिक सामग्री मोबाइल नेटवर्कमार्फत फोनकै प्रयोग गरी आइभीआरबाट सिक्न सकिने एनसेलले जनाएको छ ।

एनसेलले पहिलो चरण अन्तर्गत अडियो क्लास सेवामा कक्षा १ देखि कक्षा ४ सम्मको पाठ्यक्रमहरु उपलब्ध गराएको छ । साथै कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई ध्यानमा राख्दै चरणबद्ध रुपमा अरु कक्षाहरुको लागि थप पाठ्यक्रमहरु समावेश गर्ने एनसेलले जनाएको छ ।

यो योजनाको प्रयोगका लागि १७१४४ डायल गरी प्राप्त निर्देशनअनुरुप अडियो क्लास सेवाको प्रयोग गर्न सकिने छ । इच्छुक ग्राहकले अडियो क्लास सेवाका प्याकहरु एसएमएस, यूएसएसडी तथा वेब च्यानलमार्फत पनि प्रयोग गर्न सक्नेछन् ।

अडियो क्लासको लागि अहिले ३ दिन र ७ दिनको गरी दुई वटा विकल्पहरु रहेको एनसेलले जनाएको छ । ३ दिनको प्याकमा विद्यार्थीले करसहित मात्र ७ रुपैयाँमा ५० मिनेटको अडियो क्लासको सेवालिन सक्नेछन् भने ७ दिनको प्याकमा करसहित १४ रुपैयाँमा १०० मिनेटको अडियो क्लासको सेवाबाट फाइदा लिन सक्छन् ।

कुनै अडियो प्याकअन्तर्गतको निश्चित मिनेट सकिएमा ग्राहकले ५० मिनेटको थप अडियो क्लासको सेवा ७ रुपैयाँमा फेरि खरिद गर्न सक्छन् । यो सेवा सुरु गरिएको पहिलो ५ महिनासम्म अडियो क्लासको प्रत्येक नयाँ ग्राहकले एक हप्ताको लागि यो सेवा निःशुल्क प्रयोग गर्न सक्ने एनसेलले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्