नेपालमा मोवाईल फोन प्रयोगकर्ताको संख्या पौने ४ करोड « Arthapath.com
२१ फाल्गुन २०७७, शुक्रबार

नेपालमा मोवाईल फोन प्रयोगकर्ताको संख्या पौने ४ करोड



काठमाडौं । नेपालमा मोवाईल फोन प्रयोग गर्नेको संख्या ३ करोड ८२ लाख १२ हजार ८ सय जना रहेको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । एकजना ब्यक्तिले दुई वा दुईभन्दा बढि सीमकार्ड प्रयोग गर्दा नेपालको जनसंख्याभन्दा बढि सीमकार्ड सञ्चालनमा आएको प्राधिकरणले बताएको छ ।

त्यस्तै टेलिफोन ग्राहाक प्रयोगकर्ताको संख्या ७ लाख २५ हजार ५१५ जना रहेको जनाएको छ । नेपालमा एउटै व्यक्तिले एउटाभन्दा बढी मोबाइल सीम प्रयोग गर्ने भएकोले कुल जनसंख्याभन्दा मोबाइल प्रयोगकर्ता बढी देखिएका हुन् । नेपालमा धेरैजसो ग्राहकले नेपाल टेलिकम र एनसेल दुबै कम्पनीको सीम प्रयोग गर्छन् ।

त्यस्तै, GMPCS २,९०५ गरी भ्वाइस सेवा प्रयोग गर्ने प्रयोगकर्ताहरुको कुल संख्या ३ करोड ८९ लाख ४१ हजार २२० पुगेको छ । जुन नेपालको जनसंख्याको १३०.३४ प्रतिशत बढि रहेको प्राधिकरणले जनाएको हो ।

त्यसैगरी, Fixed Broadband र Moblie Broadband गरी Broadband सेवा प्रयोगकर्ताहरु गरी जम्मा २ करोड ४७ लाख ३५ हजार ६५० रहेका छन् । Fixed Broadband प्रयोगकर्ता औसत २२.४६ र Moblie Broadband प्रयोगकर्ता औसत ६०.३४ गरी जम्मा ८२.७९ प्रतिशत Broadband प्रयोगकर्ता रहेको प्राधिकरणको तथ्याङ्कमा उल्लखे गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्