नेपाल टेलिकमको अधिकांश सूचकमा गिरावट, नाफा घट्दा प्रतिशेयर आम्दानी ४९.६९ रुपैयाँ, अन्य सूचक कस्ता ?
काठमाडौं । नेपाल टेलिकम लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा २३.५४ प्रतिशत घटेर ७ अर्ब ४५ करोड ४० लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ९ अर्ब ७४ करोड ८९ लाख ५६ हजार रुपैयाँ आर्जन गरेको थियो ।
गत असार मसान्तसम्ममा कम्पनीको बिक्री आम्दानी ३.७१ प्रतिशत बढेर ३५ अर्ब ९० करोड ३७ लाख ३३ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको बिmक्री आम्दानी ३ अर्ब ६१ करोड ९९ लाख ६५ हजार रुपैयाँ गरेको थियो ।
समीक्षा अवधिमा कम्पनीको अन्य आम्दानी ३१.४६ प्रतिशत घटेर ५ अर्ब ७३ करोड ५० लाख ४५ हजार रुपैयाँमा सिमित भएको छ । कम्पनीको कुल आम्दानी ३.१४ प्रतिशत घटेर ४१ अर्ब ६३ करोड ८७ लाख ७८ हजार रुपैयाँमा सिमित भएको छ ।
कम्पनीको चुक्ता पूँजी स्थिर रहेर १५ अर्ब रुपैयाँ र जगेडा कोष भने ६.२० प्रतिशत बढेर ८१ अर्ब ६० करोड ६९ लाख १२ हजार रुपैयाँ रहेको छ ।
कम्पनीको प्रतिशेयर आम्दानी अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा ६४ रुपैयाँ ९९ पैसा रहेको थियो । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी घटेर ४९ रुपैयाँ ६९ पैसामा सिमित भएको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ ६४४ रुपैयाँ ५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २६.४४ गुणा रहेको छ ।