आठ वर्षपछि क्रोमको आइकन पुनः रिडिजाईन « Arthapath.com
२३ माघ २०७८, आईतवार

आठ वर्षपछि क्रोमको आइकन पुनः रिडिजाईन



काठमाडौं । गूगलले क्रोमको आइकन पुनः रिडिजाईन गरेको छ । आठ वर्षको अन्तराल पछि यो लोगो परिवर्तन गरिएको हो । झट्ट हेर्दा खासै केही परिवर्तन नदेखिएता पनि क्रोम ब्राउजरको रगंमा हल्का परिवर्तन आएको छ ।

गूगलले आइनकको स्याडो हटाइदिएको छ । कम्पनीको अरु प्रडक्टहरुसँग मेल खाने हिसाबले फ्ल्याट डिजाइन पार्नका लागि गूगलले आइकनलाई रिडिजाइन गरेको हो । आइकनको हरियो र रातो भागमा पनि हलुका तरिकाले ग्रेडियन्ट थप्पिएको छ र रगंहरुलाई अझै उज्यालो पारिएको छ ।

यसले आइकनलाई अझै एक्सेसिबल बनाउने कम्पनीको विश्वास रहेको छ । यो रिडिजाइनले गर्दा म्याकओएसमा आइकन अझै थ्रिडी देखिने भएको छ । आईओएसका लागि गूगलको विशेष ब्लुप्रिन्ट भर्सन सार्वजनिक हुने भएको छ । यो अपग्रेड गरिएको आयकन केहि महिना भित्र रोलआउट हुनेछ ।


प्रतिक्रिया दिनुहोस्