खल्तीको नयाँ अफर: आईफोन १३ र १ रुपैयाँमा फ्लाइट टिकट जित्ने मौका « Arthapath.com
२५ माघ २०७८, मंगलवार

खल्तीको नयाँ अफर: आईफोन १३ र १ रुपैयाँमा फ्लाइट टिकट जित्ने मौका



काठमाडौं । अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती डिजिटल वालेट‘ ले नयाँ अफर सार्वजनिक गरेको छ । खल्तीले १ रुपैयाँको फ्लाइट टिकट खरिद गर्ने एक जना भाग्यशाली बिजेतालाई आइफोन १३ को उपहार दिने भएको हो । साथै खल्तीले हरेक दिन एक जनालाई १ रुपैयाँमा टिकट र ५ जनालाई साप्ताहिक एक लाख खल्ती प्वाइन्ट्स प्राप्त गर्न सक्नेछन् ।

खल्ती फ्लाइट टिकट बुकिङको लागि सहज प्लेटफर्म बनाउँदै सेवा खरिद गर्नेले १ हजार २ सय रुपैयाँसम्म क्यासव्याक प्राप्त गर्न सक्ने खल्तीले जनाएको छ । साथै विभिन्न एयरलाइन्सको फ्लाइट टिकटको मुल्य तुलना गरी तत्काल टिकट बुकिङ गर्न पनि सजिलो भएको छ ।

खल्तीले ल्याएको उक्त अफर माघ २३ गतेदेखि फागुन ३० गतेसम्म मात्रै लागू हुने छ । उक्त अफरमा सहभागी हुन प्रयोगकर्ताले आपm्नो खल्ती केवाइसी भने अनिवार्य भेरिफाई गराएको हुनुपर्ने छ । खल्ती अकाउन्ट नभएका नयाँ ग्राहकहरुले पनि खल्ती एप डाउनलोड गरी आफ्नो खल्ती केवाईसी भेरीफाई गरिसकेपछि उक्त अफरमा सहभागी हुन सक्नेछन् । खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काका अनुसार कोरोना महामारीलाई ध्यानमा राख्दै डिजिटल उडान बुकिङमा थप प्रयोगकर्तालाइ प्रोत्साहन गर्न अफर ल्याएको हो ।

‘खल्ती‘, नेपाली फिनटेक उद्योगमा एक फरक एवम् नविन पहिचान बोकेको ब्रान्ड हो । २० लाख भन्दा बढि प्रत्यक्ष र लाखौ अप्रत्यक्ष प्रयोगकर्ताहरुको विश्वास बोकेको ‘खल्ती डिजिटल वालेट’ले बिल भुक्तानी जस्तै मोबाइल र टिभी रिचार्ज, फ्लाइट तथा मुभी टिकट बुकिङ, बीमा प्रिमियम तथा अनलाईन सपिङ्ग साईटमा भुक्तानी गरी ६० हजार भन्दा बढी सेवाहरुको डिजिटल भुक्तानी तथा रकम आदानप्रदान गर्न सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्