पतञ्जली आयुर्वेद र आइएमईबीच रेमिटेन्स साझेदारी सम्बन्धि सम्झौता

काठमाडौं । पतञ्जली आयुर्वेद र आइएमईबीच रेमिटेन्स साझेदारी सम्बन्धि सम्झौता भएको छ । सम्झौता अनुसार भारतमा बसोबास गर्ने लाखौँ नेपालीले अब भारतभर रहेका पतञ्जली समूहमा आवद्ध विभिन्न १० हजार आउटलेटमा गएर सजिलै नेपाल पैसा पठाउन सक्नेछन् ।
सम्झौतापत्रमा पतञ्जली समूहद्वारा प्रवद्र्र्धित भरुवा सोलुसन प्रालिका तर्फबाट निर्देशक डा.ऋषीकुमार र आइएमई इन्डिया तर्फबाट प्रमुख कार्यकारी अधिकृत गौतम नैथानीले हस्ताक्षर गरेका हुन । हरितालिका तीजको अवसरमा आयोजित एक विशेष कार्यक्रमका वीच मंगलबार दिल्लीमा उक्त समझदारी पत्र आदान प्रदान भएको हो । समझदारी पत्र आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै परम पूज्य स्वामी रामदेव जीलेयो साझेदारीले भारत–नेपालवीचमा हुँदै आएको रेमिट्यान्स कारोबारलाई बलियो बनाउने र नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई उनीहरूको परिवारका सदस्य वानातेदारहरूलाई पैसा पठाउनको लागि एक सुविधा जनकएवम् सहज माध्यम थपिएको बताए ।
श्रदेय आचार्य बालकृष्ण जीलेयो साझेदारी पतञ्जली समूह र यसको संस्था भरुवा सोलुसन प्रालिले प्रदान गर्ने वित्तीय सेवामा एउटा अर्को उपलब्धि थपिएकोमा प्रशन्नता ब्यक्ति गरे । साझेदारी घोषणा गर्न पाउँदामलाई असाध्यै खुसीलागेको बताउँदै श्रदेय आचार्य बालकृष्ण जीले नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले हाम्रो पतञ्जली केन्द्रहरू मार्फत नेपालमा रहँदै आउन ुभएका आफ्ना परिवार, आफन्त र इष्टमित्रहरूलाई पैसा पठाउन सक्नेछन् भन्नुभयो। कार्यक्रमलाई सम्बोधन गर्दै श्रदेय आचार्य बालकृष्ण जीले नेपालका पतञ्जली केन्द्रहरूबाट पनिरेमिटेन्स सेवा प्राप्त गर्न सकिने बताए । बैंकको शाखा भ्रमणको बोझएवम् लामो आवेदनफारम भर्ने तनाववाकुनै औपचारिकता पुरा नगरी यस्तो सेवालिन सकिने आचार्य वालकृष्णले बताए ।
हरेकवर्ष हजारौँ नेपाली विभिन्न कारणले भारतका विभिन्न क्षेत्रमा प्रवेश गर्दछन्,जसमध्ये रोजगारी मुख्य कारण हो । प्रत्येक भारतीय सहरमा पतञ्जली आयुर्वेदका आउटलेटहरू भएकाले तिनीहरू व्यापक रूपमा पहुँच योग्य छन । आउटलेटहरूमा सजिलो पहुँचको कारणभारतमाकार्यरत नेपालीहरूले पैसा पठाउने सेवाहरू प्रयोग गर्न कुनै पनि स्थानहरूमा जान सक्छन्।
विदेशमा बसोबास गर्ने धेरै नेपालीहरूले नेपालमा रेमिट्यान्स पठाउन आफ्नो मनपर्ने ब्राण्डको रूपमा आइएमईको प्रयोग गर्छन्। एक स्तरको विश्वासलाई कायम राख्न र बलियो बनाउन आइएमई इण्डियाले भारतको एक प्रतिष्ठित कम्पनीपतञ्जलीआयुर्वेदसँग सहकार्य गरेको छ । यस सहकार्यको फलस्वरूप भारतमा बसोबास गर्ने नेपालीले अब नेपालमा रहेका आफ्ना परिवारलाई सहज रूपमा पैसा पठाउन सक्नेछन् र पठाएको रकम नेपालका आफन्तले आफ्नो बैंक खाता वा मोबाइल वालेटमा तुरुन्तै प्राप्तगर्न सक्नेछन्। नेपालभर विस्तारित संजालभएको आइएमईपे वाआइएमई एजेन्टहरूबाटरेमिटेन्स प्राप्तगर्न सजिलो हुने विश्वास पतञ्जली आयुर्वेद र आइएमई इन्डिया लिएकाछन् ।
कार्यक्रममा महामहिम राजदुतडा. शंकर शर्मा, पतञ्जलीआयुर्वेद, पतञ्जली समूहद्वारा प्रवद्र्र्धित भरुवा सोलुसन प्रालिका उच्चपदस्थ कर्मचारीहरू आइएमई ग्रुपका सिनियर भाइस प्रेसिडेन्ट सुमन पोखरेल, आइएमई लिमिटेडका प्रमुख कार्याकारी अधिकृत खिलेन्द्र पौडेल, आइएमई लिमिटेडका निर्देशक सचिनढकाल, आइएमई इन्डियाका उच्चपदस्थ कर्मचारीहरू लगायत इन्डियामा बसोबास गर्दै आउनुभएका नेपाली समुदायका सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।