सिटी एक्सप्रेसको “बिदेश बाट सिटी आयो, दशैं तिहारलाई गोल्डेन बनायोे”योजना

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले नेपालीहरुको महान चाड २०७९ सालको दशैँ, तिहार र छठलाई आफ्ना ग्राहकसँग पर्वको खुशी साट्न लगातार ६३ दिनसम्म चल्ने “बिदेशबाट सिटी आयो, दशैं तिहारलाई गोल्डेन बनायो” उपहार योजना घोषणा गरेको छ ।
सिटी एक्सप्रेसको यो उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत हरेक महिना १ जनालाई १ तोला सुन, हरेक हप्ता १ जनालाई १० तोला चाँदी साथै ६३दिन लगातार हरेक दिन १६ जना विजेताहरुलाई आकर्षक गिफ्ट ह्याम्पर र अन्त्यमा एक जना भाज्ञ शाली बम्पर बिजेतालाई ५ तोला सुन उपहार प्रदान गरिने छ ।
कम्पनीका अनुसार “बिदेशबाट सिटी आयो, दशैं तिहारलाई गोल्डेन बनायोे”अफर भदौ१५ गतेदेखि कार्तिक १५ गतेसम्म लागू हुनेछ । यो अवधिभरी सिटी एक्सप्रेस मार्फत देश विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् । यस उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिनेछ र यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि कर्मचारीलाई लागु हुनेछैन ।
सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमाआफ्नो छुट्टै पहिचा नबनाउदै बिगत १६वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदानगर्दै आइरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १५,००० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।