लचिलो, बलियो र गुणस्तरीय मंगलम एचडिपिइ पाइप « Arthapath.com
२० भाद्र २०७९, सोमबार

लचिलो, बलियो र गुणस्तरीय मंगलम एचडिपिइ पाइप



काठमाडौं । अहिलेको समयमापाइपहाम्रो दैनिकीको महत्वपूर्ण पाटो बनिसकेको छ । ग्यास,पानी, र अन्य तरल पदार्थहरू एक ठाउँबाट अर्को ठाउँमा सुरक्षित रूपमा लैजानकालागिपाइपकै प्रयोग हुन्छ। उपयोग र कामको प्रकारको आधारमाबजारमाविभिन्नखालकापाइपहरू उपलब्ध छन्। तीमध्ये एचडिपिइ पाइपपनि एक हो ।

एचडिपिइ (हाई डेन्सिटी पोलिइथाईलीनपाइप) प्लास्टिक पोलिमरबाट बनाइने एक प्रकारको लचिलो एवम बलियो प्लास्टिक पाइप हो। यसै कारणले एचडिपिइ पाइप भूमिगत प्रयोजनमा, त्यसमा पनि सिँचाइ प्रणालीको लागि बढी प्रयोग गरिन्छ । पोर्टेबल र सजिलै जडान गर्न सकिने भएकाले यीपाइपहरुभूमिगतप्रयोगको लागि मात्र नभइ अन्य धेरै कामको लागि पनि प्रयोग गरिन्छ । रसायनसँग प्रतिकृया नगर्ने भएकोले ग्रामिण भेगमा पानीको पाइपको लागि पनि मङ्गलमको एचडिपिइ पाइप्स धेरै नै प्रयोगमा आउने गरेको छ । अन्य प्लास्टिकको पाइपहरुको तुलनामा बाहिरी तापक्रमले (८० डिग्री सेन्टिग्रेड सम्म)असर नगर्ने भएकोले अप्टिकल फाइबर बिछयाउनका लागि पनि यसको प्रयोग गर्न सकिन्छ । यसको साथै उच्चचाप सहन सक्ने भएकोले यीपाइपहरु ढल निकासको लागि पनि प्रयोग गरिन्छन् ।

एचडिपिइ पाइपहरु प्राय कालो रंगमा उपलब्ध हुन्छन् । प्रयोग अनुसार यी पाइपहरु विभिन्न आकार र मोटाईमा उपलब्ध छन् । उच्च गुणस्तरीय कच्चा पदार्थ र अत्याधुनिक प्रविधिको प्रयोग गरेर बनाइने हुनाले यो पाइपलामो समयसम्म टिक्छ । विभिन्न पोलीईथाईलिन फिटिंग सिस्टममा उपलब्ध यी पाइपहरुको जडान प्रकृया अत्यन्तै सजिलोे हुनुको साथै चुहावटको समस्या पनि हुँदैन ।

नेपालमा गुणस्तरीय एचडिपिइ उत्पादन र वितरण गर्ने कम्पनीहरु मध्येमा मंगलम पाईप उपभोक्ता माझ सर्वाधिक रुचाइने पाईप हो। अन्तराष्ट्रिय स्थरको प्लान्ट, जर्मन टेक्नोलोजी र जापानी कच्चापदार्थ प्रयोग गरि उत्पादनगरिने एचडिपिइ पाईप संग(संगै मंगलमपाईप्सले अरु थुप्रै प्रयोजनको लागिहुने गरि८ ओटा फरक फरक पाईपहरु उत्पादन गरि उपभोक्ताको माग पुरा गर्दै आएको छ। गुणस्तर र विशेषता भएकोले नेपालका धेरै प्रतिष्ठित सरकारी र निजी परियोजनाहरूमा अधिकांश रुपमा मंगलमका पाइपहरू प्रयोग भएको पाइन्छ ।केहि समय अघिमात्रपाल्पाको खानेपानीविभागले पनिआफ्नो परियोजनाको ठूलो मात्रामा मंगलमको एचडिपिइ पाइप प्रयोग गरेको थियो।

अरु पाइपहरुको तुलनामा गुणस्तरीय, टिकाउ, वातावरण मैत्री र सुपथमुल्यमापाउने हुँदाबजारमायसको आफ्नो छुट्टै स्थान रहेको छ । मंगलमको एचडिपिइ पाइपहरू आइएसओ ९००१ः२०१५ साथ साथै नेपाल गुणस्तर (एनएस) प्रमाणित छन् ।


प्रतिक्रिया दिनुहोस्