भेटायो एप : ‘जे खोज्नु हुन्छ, त्यै भेट्नु हुन्छ’ « Arthapath.com
२१ भाद्र २०७९, मंगलवार

भेटायो एप : ‘जे खोज्नु हुन्छ, त्यै भेट्नु हुन्छ’



काठमाडौं । पोखराकी २५ वर्षिय अन्शु शाक्य बिगत पाँच वर्ष देखि काठमाडौमा बस्दै आएकी छन् । सात महिनादेखि उनी भेटायोमा आबद्ध रहेर सेवा पुर्याइरहेकी छिन् । उनी भेटायोको सन्चालक हुन् ।

भेटायो नामक एपबाट व्यावसााहिक तथा घरायसी काममा प्रयोग हुनेदेखि लिएर श्रीङगारलागि आवश्यक मेकअप, पार्लरको सेवा समेत उपलब्ध गराएकी छिन् ।

भेटायोले समयमै कुनैपनि सेवा पाउन धेरै गाह्रो हुने भएको देखेर कम्पनीले उत्कृष्ट सेवा प्रदायकहरूलाई एकीकृत गर्ने र उनीहरूलाई ग्राहकहरूसँग सजिलै जोड्नका लागि सहयोग गर्ने अनलाइन प्लेटफर्मको विकास गरेको जनाएको छ। यसले घरेलु तथा व्यवसायिक सेवाहरू प्रदान गरिरहेको छ।

सरुवातको दिनका प्लम्बिङको कामबाट सरु गरेका थियौं । बिस्तारै सबैखालका सेवा उपलब्ध गराएका छौं । जे खोज्नु हुन्छ भेट्नु हुन्छ ।

भेटायो को सन्चालक अन्शु शाक्य

भेटायोबारे बोल्दै यस्तो भन्छिन् शाक्य…

’भेटायो भनेको कुनै पनि सर्भिस सजिलै भेटाउनु हो । तपाईले कुनै चिज खोज्दै हुनुहुन्छ त्यो भेटायोमा भेट्नु हुन्छ त्यो नै भेटायो हो । सजिलो रुपमा भन्ने हो भने हामी एउटा माध्यम हौ । जसको थ्रुबाट ग्राहकहरुलाई सेवा प्रदान गर्छौ ।

भेटायो भनेको केही कुरा पाउनु हो । काठमाडौको हरेक कुनामा व्यावसायिक रुपले सेवा सुविधा पुर्याउछौ । घररायसी देखि व्यवसायिक रुपले आवश्यक पर्ने सम्पुर्ण सेवा सुविधा पुर्याउछौ । भेटायो मार्फत ग्राहकले सम्पुर्ण सेवा प्राप्त गर्न सक्नेछन् ।

हामीसग विभिन्न पेन्टर, क्लिनीङ, लोन्ड्री, पेस्टकन्ट्रोल, प्लम्बिङ, इलेक्ट्रोसियन, रिपेअर, भेकल क्लिनर, पार्लर एट होम, मेकअप, भेटेनरी, डिस्सेक्सन, ड्राइभर गरि १३ ओटा सेवाहरु प्रदान गर्दै आइरहेका छौ ।’ भेटायो सजिलै अर्डर गर्न सकिन्छ ।

सेवा लिन चाहाने ग्राहकले आफ्नो मोबाइल एप्लिकेसन प्ले स्टोरमा गएर भेटायो एप सजिलै डाउनलोड गरि आफ्नो नाम रजिस्ट्रर गरेर आफुलाइ आवश्यक परेको सेवा सुविधाहरु लिन सक्नुहुनेछ । अन्शुले बताइन् ।

भेटायो नै किन ?

‘भेटायो अरु सर्भिस एपभन्दा ठूलो र फराकिलो छ र धेरै प्रकारका सेवा सजिलै उपलब्ध हुन्छ । हामीले मर्मत देखि नयाँ जडानमा ३० दिनसम्मको तथा ग्यारेन्टी दिन्छौं । मुल्य पनि अरु सर्भिस एपहरुको भन्दा सस्तो छ ।

हाम्रो ग्राहकहरु पनि हाम्रो सेवा सुविधा देखि खुशी छन् । प्रतिक्रिया राम्रो दिएका छन् । ग्राहकहरुको प्रतिक्रियाले हामीलाई काम गर्न हौसला थपिएको छ । भेटयो खुलेको सात महिना मात्रै भयो ।

भेटायो हाम्रो पाँच वर्ष अगाडिको योजना थियो तर लकडाउनले गर्दा सन्चालन गर्न पाएनौं । सरुवात को दिन मा कम्पनी चलाउन सकिएला कि नसकिएला भन्ने त भएको थियो, तर पनि हामीमा विश्वास चाहिँ थियो कि ,बिस्तारै स्तरउन्न्ती हुन्छ भन्ने । यहि बिश्ववासले अगाडि बढेका थियौ । अहिले सफल भएका छौं । जति पनि भेटायोमा आबद्ध हुनुहुन्छ सबैले आफ्नो पारिश्रमिक लिन पुग्ने भएको छ । महिना को २० प्रतिशतका दरले कम्पनी नाफामा गएको छ ।

छोटो अवधीमा सेवा लिने ग्राहकहरु पनि बढेका छन। ग्राहक बढ्नु भनेको भेटायो फस्टाउनु हो । भेटायो सेवाप्रदायक हो साथै हामीले काम पनि दिने गर्छौ । स्वरोजगारको वातावरण सिर्जना गरेका छौँ । भेटायोलाई दुई तर्फीबाट हेरिदिनु होला ।’ शाक्यले भनिन् ।

अन्शुका अनुसार भेटायोले नजिकिँदै गरेको दशै तिहारलाई लक्षित गरि क्यापियन गर्दैछ । उत्सवको तयारी भेटायोको जिम्मेवारी भन्ने नाराका साथै घर, रङगाउने, सफा गर्ने देखि लिएर गाडी धुने सम्मको कामको जिम्मेवारी भेटायोले लिने भएको छ ।ग्राहकको अमूल्य समयलाई ध्यानमा राखी ग्राहककै घरदैलोमा व्यावसायिक सेवा सजिलै उपलब्ध गराउनका लागि यो अनलाइन प्लेटफर्म निर्माण गर्ने निर्णय गरिएकको कम्पनीले जनाएको छ। जहाँ प्रयोगकर्ताले भरपर्दो र व्यावसायिक सेवा प्रदायकहरूसँग सजिलै जोडिन सकिन्छ ।

भेटायोको क्यापियनमार्फत ग्राहकले सेवा शुल्क बुक गर्दा ३० प्रतिशतसम्म सर्भिस छुट पाउँछन् । घरमा पालिएका घरपलुवा जनावर कुकुरहरुको लागि पनि हामीले भेट्नरीको पनि व्यवस्था गरेका छौ । यी सबै काम म्यानेज गर्न त सजिलो छैन तर पनि हामी सबैले मिलेर आफ्नो आफ्नो काम हेर्छौं। जिम्मेवारी सम्हाल्छौ र सजिलो हुन्छ ।

हामीसँग पार्लर मेक अप, मेडी क्यर पेडी कियर सबै छन । तँपाईसँग कार छ, चलाउन आउदैन भने पनि भेटायोलाई सम्जिनुहोस् हामी ड्राइभर उपलब्ध गराउँछौं । सधैभरी हामी ग्राहक कै सेवामा समर्पित छौ । भेटायो सन्चालक शाक्यले बताइन् ।

घर तथा अफिसको लागि एसी एसएस ट्याकहरु सहज रुपमा बिक्रीको लागि राखिएको छ । हाम्रो मुख्य उद्धेश्य सेवाप्रदान गर्ने नै हो तर सिमित केहि सामानहरु बिक्रीका लागि पनि उपलब्ध गराछौं । शाक्यले भनिन् । भेटायोले आफ्नो नियमित ग्राहकहरुलाई लक्की ड्र मार्फत छनोट गरि विशेष उपहार समेत प्रदान गर्नेछ ।

Tags :

प्रतिक्रिया दिनुहोस्