बजारमा सामसङ ग्यालेक्सी एस२३ को माग अत्याधिक « Arthapath.com
१३ फाल्गुन २०७९, शनिबार

बजारमा सामसङ ग्यालेक्सी एस२३ को माग अत्याधिक



काठमाडौं । अहिले बजारमा अन्य मोबाइल फोनभन्दा सामसङका प्रयोगकर्ता ग्राहकहरुको संख्या अनगिन्ती छ । त्यसमा पनि यतिबेला ग्यालेक्सी एस२३ को माग अत्याधिक देखिएको छ । माग ह्वात्तै बढेछि कम्पनीले यसलाई बजारमा ल्याएको छ ।

ग्यालेक्सी २३ अल्ट्राका लागि ग्राहकहरुबाट अत्यधिक माग भएसँगै ग्यालेक्सी २३ सिरिजको प्रि–अर्डरको रेकर्ड तोडिएको छ । सामसङले आफ्नो उत्पादनकै सबैभन्दा अब्बल मानिएको ग्यालेक्सी एस२३ स्मार्टफोनहरुलाई यसको प्रि–अर्डरको चापलाई मध्यनजर राख्दै बजारमा उपलब्ध गराएको छ ।

ग्यालेक्सी एस२३ सिरिजको प्रि–अर्डर आफैंमा एक ठूलो सफलता भएको कम्पनीले जनाएको छ । गत वर्ष ग्यालेक्सी एस२२ सिरिजको भन्दा बढी प्रि–अर्डर आएको र त्यसमा पनि ८५ प्रतिशतभन्दा बढी अत्यधिक प्रिमियम ग्यालेक्सी एस२३ अल्ट्राको प्रि–अर्डर भएको छ ।

सामसङका निर्देशक प्रणय रत्न स्थापित यो प्रि–अर्डरको परिणामले नवीनतम प्रविधिको आविष्कार र सस्टेनिबिलिटीमा देखाएको प्रतिबद्धता र ब्राण्ड प्रति ग्राहकहरुले देखाएको बलियो विश्वास भएको बताउँछन् ।

देशभरका डिलरहरुले एस२३ सिरिजको सार्वजनिक र सफलताको खुशियाली मनाएको कम्पनीको भनाइ छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्