मोबाइल बैंकिङ्ग प्रयोगकर्ताको संख्यासंंगै कारोबार रकममा पनि उच्च वृद्धि, एक महिनामै ४ अर्ब बढी भुक्तानी « Arthapath.com
३ चैत्र २०७९, शुक्रबार

मोबाइल बैंकिङ्ग प्रयोगकर्ताको संख्यासंंगै कारोबार रकममा पनि उच्च वृद्धि, एक महिनामै ४ अर्ब बढी भुक्तानी



काठमाडौं । नेपालामा मोबाइल बैंकिङ्ग मार्फत कारोबार गर्नेको संख्या उल्लेख्य बढेको छ । राष्ट्र बैंकले हालै सार्वजनिक गरेको तथ्याङ्कले पनि पुष्टि गरेको छ ।

पछिल्लो एक वर्षको अवधिमा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताको संख्यामा ३५ लाख ५९ हजार ८२४ थपिएका छन् । चालु आवको माघ मसान्तसम्ममा नेपालमा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताको संख्या २ करोड ३६ हजार ५२४ पुगेको छ । जुन गत वर्षको गत आवको समिक्षा अवधिको तुलनामा भने २१.६० प्रतिशतले बढी हो ।

गत वर्षको समिक्षा अवधिमा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताको संख्या १ करोड ६४ लाख ७६ हजार ७ सय रहेको थियो । गत पुस मसान्तसम्ममा भने मोबाइल बैंकिङ्ग प्रयोगकर्ता २ करोड ५३ हजार ४२० रहेका थिए ।

राष्ट्र बैंकले बैंकिङ्ग तथा डिजिटल कारोबारलाई प्राथमिकता दिँदै आएको छ । मोबाइल बैंकिङ्ग मार्फत एक बैंकबाट अर्को बैंकमा पैसा पठाउन, स्कुल, एनटीसी, एनसेल, इन्टरनेट सेवा प्रदायक कम्पनीको पैसा तिर्न सकिन्छ ।

साथै अनलाइन किनमेल, स्कुल, इनटरनेट सेवा प्रदायक कम्पनीमा पैसा भुक्तानी, बिजुली पानीको पैसा तिर्न पनि सजिलै सकिन्छ । कोरोना महामारीपछि यसको प्रयोग झनै बढेको राष्ट्र बैंकले जनाएको छ। कोरोना कालमा लकडाउनका कारण बैङ्किङ कारोबार गर्नका लागि बैंकको शाखा कार्यालयसम्म जान कठिन हुने र सुरक्षाको हिसाबले समेत मोबाइल बैंकिङ्गतर्फ आकर्षण बढ्न थालेको बैंकरहरुको बुझाइ छ । समयको बचत हुने र सरल तरिकारले कारोबार गर्न सकिने भएकाले आम मानिसहरु यस तर्फ आकर्षित हुन थालको बताइएको छ ।

कारोबार रकम पनि बढ्यो, एक महिनामा ४ अर्ब बढीको भुक्तानी

पछिल्लो एक वर्षको तथ्याङ्क अनुसार मोबाईल बैंकिङ्ग मार्फत हुने कारोबार ह्वात्तै बढेको देखिएको छ । मोबाइल बैंकिङ्ग प्रयोगकर्ताको संख्या बढेसंगै कारोबार रकममा पनि उच्च वृद्धि भएको हो ।

बैैंकको तथ्याङ्क अनुसार पछिल्लो एक महिनामै मोबाइल बैंकिङ्ग मार्फत ४ अर्ब ३१ करोड २० लाख बढी भुक्तानी भएको छ । चालु आवको माघ मसान्तसम्ममा मोबाइल बैंकिङ्ग मार्फत १ खर्ब ७२ अर्ब ११ करोड ९० लाख रुपैयाँ बढीको कारोबार भएको छ । जुन गत, वर्षको माघ महिनाको तुलनामा भने ८५.५३ प्रतिशतले बढी हो । गत वर्षको समिक्षा महिनामा मोबाइल बैंकिङ्ग मार्फत ९२ अर्ब ७६ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

यस्तै, गत पुसमा मात्रै १ खर्ब ६७ अर्ब ८० करोड ७० लाख रुपैयाँ बराबरको कारोबार भएको राष्ट्र बैंकले जनाएको छ । सो महिनामा २ करोड १६ लाख ४५ हजार १६२ पटक कारोबार भएको हो ।

चालु आवको माघ महिनामा २ करोड २२ लाख १६ हजार ८० पटक मोबाइल बैंकिङ्ग मार्फत कारोबार भएको छ । सो महिनासम्ममा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताको संख्या भने २ करा.ड ३६ हजार ५२४ रहेको छ । तर, गत वर्षको समिक्षा महिनामा १ करोड ६४ लाख ७६ हजार ७ सय मात्रै रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्