अब नेपाली भाषामै इम्बोस्ड नम्बर प्लेट, थप ६ मिलियन डलर रकम चाहिने « Arthapath.com
२३ चैत्र २०७९, बिहीबार

अब नेपाली भाषामै इम्बोस्ड नम्बर प्लेट, थप ६ मिलियन डलर रकम चाहिने



काठमाडौं । अब सवारी साधानमा जडान गरिने ‘इम्बोस्ड नम्बर प्लेट’ मा प्रयोग गरिने अक्षर नेपाली भाषामा पनि लेख्न सकिने भएको छ ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को अनुसूची २ लाई संसोधन गर्दै यस्तो व्यवस्था गरिएको हो । गत सोमबार सम्पन्न मन्त्रिपरिषदले पनि यसलाई स्वीकृत दिइसकेको छ ।प्रचलित व्यवस्थाअनुसार इम्बोस्ड नम्बर प्लेटमा प्रयोग गरिने अक्षर तथा अंक अंग्रेजी भाषामै लेख्नुपर्ने व्यवस्था छ ।

नयाँ व्यवस्थाअनुसार इम्बोस्ड नम्बर प्लेटमा प्रयोग हुने अक्षर र अंक नेपाली (देवनागरिक) र अंग्रेजी भाषा दुवैंमा बनाउन सकिने गरि कानुनी व्यवस्था गरिएको हो । योसँगै लामो समयदेखि विवादमा रहेको यो विषय टुंगोमा पुगेको छ । त्यो अवस्थामा इम्बोस्ट नम्बर प्लेटमा प्रयोग गरिने देश र प्रदेशको नाम नेपाली र अंक अंग्रेजीमा राख्ने योजना यातायात व्यवस्था विभागको भनाइ छ ।

‘यसमा नेपाली भाषा पनि प्रयोग गर्नुपर्ने बहस तथा विवाद पहिलेदेखि नै थियो । यद्यपि, कतिपयले अग्रेंजी भाषामै लेख्नुपर्ने तर्क गर्दै आएका थिए । सोही अवस्थालाई दृष्टिगत गर्दै सरकारले ऐनमे ‘नेपाली भाषा पनि’ इम्बोस्ड नम्बर प्लेटको अक्षर तथा अंक लेख्न सकिने व्यवस्था गरेको हो’– विभागका एक उच्च अधिकारीले बताए ।

विभागले अब यथाशिघ्र यसको कार्यान्वयन अघि बढाउने ति अधिकारीको भनाई छ । इम्बोस्ट नम्बर प्लेट बनाउने ठेक्का अमेरिकाको डेकाटुर र बंगलादेशका टाइगर नामक आईटी कम्पनीले संयुक्त रुपमा पाएका छन् । उनीहरुसँग पहिला अंग्रेजी भाषामै इम्बोस्ट नम्बर प्लेट बनाउने गरि सम्झौता भएको थियो ।

यद्यपि, नेपालले नेपाली भाषामा पनि इम्बोस्ट नम्बर प्लेट बनाउने गरि प्रक्रिया अघि बढाएपछि कम्पनीसँग पनि अनौपचारिक छलफल भइरहेको थियो । त्यसमा कम्पनी सकरात्मक नै रहेको छ । अब कम्पनीसँग नेपाली भाषामा पनि इम्बोस्ट नम्बर प्लेट बनाउने गरि आवश्यक सम्झौता गरिने विभागको भनाइ छ ।

द्यपि, यसमा लागत भने बढ्ने बताइएको छ । २५ लाख सवारी साधानमा इम्बोस्ट नम्बर जडान गर्ने गरि कम्पनीसँग ४ करोड ३७ लाख डलरमा ठेक्का सम्झौता गरेको थियो । अब नेपाली भाषामा बनाउन पर्ने भएमा ६ मिलियन डलर थप रकम चाहिने कम्पनीको माग छ ।

हाल इम्बोस्ड नम्बर प्लेट अंग्रेजी भाषामै बनाएर सवारी साधानमा जडान गरिदैं आइएको छ । तर, त्यो पनि दु्रत गति जडान भएको छ । त्यसमाथि शुल्क पनि महंगो भयो भनेर सर्वसाधारणबाट व्यापाक मात्रामा विरोध भइरहेको छ । सोही अवस्थालाई दृष्टिगत गर्दै मन्त्रालयले नेपाली भाषामा इम्बोस्ड नम्बर प्लेट बनाउने प्रक्रिया अघि बढाएको थियो ।


प्रतिक्रिया दिनुहोस्