आइतबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ? « Arthapath.com
२८ आश्विन २०८०, आईतवार

आइतबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?



काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । हिजो तोलामा नै दुई हजार ९०० रुपैयाँ बढेको सुन आज स्थि रहेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख १३ हजार रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १२ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदी पनि आज स्थिर रहेको छ । चाँदी तोलामा एक हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्