नेप्सलाई लगातार दोस्रो वर्ष पनि पेमेन्ट एक्सिलेन्स अवार्ड « Arthapath.com
८ पुष २०८०, आईतवार

नेप्सलाई लगातार दोस्रो वर्ष पनि पेमेन्ट एक्सिलेन्स अवार्ड



काठमाडौं । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) ले दोस्रो वर्ष पनि भिसा पेमेन्ट एक्सिलेन्स अवार्ड २०२३ जितेको छ । अन्तरराष्ट्रिय भुक्तानी सेवा प्रदायक भिसाले यो अवार्ड प्रदान गरेको हो । भिसाले हालैमात्र आयोजना गरेको ‘लिडरशिप कन्क्लेभ’मा उक्त अवार्ड दिइएको थियो ।

भुक्तानी प्रक्रीयामा उत्कृष्ठ रहेको ठहर गर्दै भिसाले उक्त अवार्ड नेप्सलाई प्रदान गरेको छ । ‘गत वर्ष पनि नेप्स सोही अवार्डबाट सम्मानित भएको थियो’ नेप्सले एक विञप्ती जारी गर्दै भनेको छ, ‘यसरी लगातार दोस्रो वर्ष पनि उक्त अवार्डबाट सम्मानित हुन पाउँदा नेप्स गौरवान्वित छ ।’
.
उक्त समारोहकमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल, अमेरिकी दूताबासका राजनीतिक तथा आर्थिक प्रमुख मार्क टेम्पलर, नेपालका लागि भिसाका प्रतिनिधि सौम्य बासुलगायतको सहभागिता थियो ।

नेप्से एक भुक्तानी स्वीच र होस्टिङ सेवा प्रदायक संस्था हो । यसले भिसा, मास्टरकार्ड र युनियन पेजस्ता कार्ड सञ्जालहरुमार्फत् कारोबार गर्छ । नेपालका ११ बैंक तथा वित्तीय संस्थालाई स्वीचिङ र होस्टिङको काम यसै संंस्थाले गर्र्दै आएको छ । यो नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था हो ।


प्रतिक्रिया दिनुहोस्