नेपाल टेलिकमले पुष २९ गते बोलायो साधारण सभा, लाभांश पारित मुख्य एजेण्डा « Arthapath.com
८ पुष २०८०, आईतवार

नेपाल टेलिकमले पुष २९ गते बोलायो साधारण सभा, लाभांश पारित मुख्य एजेण्डा



काठमाडौँ । नेपाल टेलिकम लिमिटेडले वार्षिक साधारण सभा पुष २९ गतेको लागि बोलाएको छ । सभा राष्ट्रिय सभा गृह प्रदर्शनी मार्ग, काठमाडौँमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरलाई प्रतिसेयर ४० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, सभाले सर्वसाधारण समूहको तर्फबाट १ जना सञ्चालकको निर्वाचन गर्ने एजेण्डा रहेको छ ।

सभा प्रयोजनका लागि कम्पनीले पुष १९ गतेदेखि २९ गतेसम्म बुकक्लोज गर्ने भएको हुँदा पुष १८ गतेसम्म कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन ।


प्रतिक्रिया दिनुहोस्