सुबिसुले तिर्यो झन्डै साढे ३१ करोड बक्यौता, पाँच वर्षका लागि लाइसेन्स नविकरण « Arthapath.com
२६ पुष २०८१, शुक्रबार

सुबिसुले तिर्यो झन्डै साढे ३१ करोड बक्यौता, पाँच वर्षका लागि लाइसेन्स नविकरण



काठमाडौं । झन्डै साढे ३१ करोड बक्यौता तिरेपछि इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटको इजाजतपत्र (लाइसेन्स) नविकरण भएको छ ।

कम्पनीले ३१ करोड ३८ लाख ३१ हजार २०५ रुपैयाँ बक्यौता तिरेपछि लाइसेन्स नविकरण भएको हो ।

कम्पनीको लाइसेन्स बिहीबार अर्थात् पुस २५ गतेदेखि नै लागू हुने गरि लाइसेन्स नविकरण भएको नेपाल दुरसञ्चार प्राधिकरणले जनाएको छ । प्राधिकरण अनुसार सुबिसुको लाइसेन्स पाँच वर्षका लागि नविकरण भएको हो ।

सुबिसुले रोयल्टी बापत १७ करोड ४८ लाख ५१ हजार ६१५ रुपैयारा र ग्रामिण दुरसञ्चार विकास कोष (आरटीडीएफ) बापत ८९ लाख ७९ हजार ५९० रुपैयाँ बुझाएको हो ।

हालसम्म आधा दर्जन आएएसपीले १ अर्ब ३७ करोड बढी बक्यौता बुझाएका छैनन् । वल्र्डलिंकले भने गत कात्तिक ३० गते सवा २ अर्ब बक्योता तिरेको थियो ।


प्रतिक्रिया दिनुहोस्