चीन विश्वकै ठूलो सैन्य अड्डा बनाउँदै, यस्तो छ पेन्टागनको रिपोट « Arthapath.com
१८ भाद्र २०७७, बिहीबार

चीन विश्वकै ठूलो सैन्य अड्डा बनाउँदै, यस्तो छ पेन्टागनको रिपोट



काठमाडौं । अमेरिकाको एक प्रतिवेदनले चीनसँग विश्वकै ठूलो नौसेना रहेको बताएको छ । अमेरिकी रक्षामन्त्रालय पेन्टागनको उक्त प्रतिवेदनमा चीनले आफ्नो सैन्य अड्डा विश्वका दर्जनौं देशमा खडा गर्च चाहेको पनि उल्लेख गरिएको छ ।

पेन्टागनका अनुसार चीनले पाकिस्तान, श्रीलंका, थाइल्यान्ड, सिंगापुर, इन्डोनेसियाजस्ता देशहरुमा सैन्य अड्डा बनाउने प्रयास गरिरहेको छ । चीनले आफ्नो राणनीतिक स्थितिमा पहुँच मजबुत बनाउन आक्रमक रुपमा नयाँ सैन्य अड्डा स्थापना गर्ने ठाउ खोजिरहेको प्रतिवेदनमा जनाइएको टाइम्स अफ इन्डियाले जनाएको छ ।
रिपोर्टका अनुसार चीनसँग विश्वकै ठूलो जलसेना रहेकोे छ । चीनसँग ३५० जहाज र पनडुब्बी रहेका छन् । जबकि अमेरिकासँग यो कुल २९३ रहेको छ । चीन हतियारको सम्झौतासँग प्रतिबन्धित छैन, जुन अमेरिका र रुसले जमीनबाट ब्यालेस्टिक मिसाइल लन्च गर्नेको समयमा गरेका थिए ।

पेन्टागनको यस प्रतिवेदन अमेरिकी संसदमा पेश भएको बताइएको छ । यद्यपी चीनले यस प्रतिवेदन पूर्वग्राही भएको टिप्पणी गरेको छ ।

चिनियाँ नौसेनाको पहुँच भारतको समुद्री क्षेत्रसम्म भएकाले भारत चनाखो हुनुपर्ने भनाइहरु पनि सार्वजनिक भएका छन् । गतवर्ष भारतीय नौसेनका प्रमुख एडमिरल कर्मबीर सिंहले हिन्द महासागरमा चीनको बढ्दो प्रभावको विषयमा चिन्ता व्यक्ति गरेका थिए । एजेन्सी


प्रतिक्रिया दिनुहोस्