बेरुत विष्फोटको भग्नावशेषमा महिनादिनसम्म एकजना जिवितै « Arthapath.com
१९ भाद्र २०७७, शुक्रबार

बेरुत विष्फोटको भग्नावशेषमा महिनादिनसम्म एकजना जिवितै



काठमाडौं । एक महिनाअघि लेबनानको राजधानी बेरुतमा भएको ठूलो विस्फोटको भग्नावशेषमा एक व्यक्ति अझै जिवित रहेको संकेत मिलेको छ । २ सयभन्दा बढी मानिको मृत्यु हुने गरी भएको विस्फोटमा झण्डै ४ हजार मानिस घाइते भएका थिए ।

साढे २७ सय टन अमोनियम नाइट्रेट विस्फोट भएको ठाउँको भग्नावशेष पन्छाउने क्रममा एक व्यक्ति जिवितै रहेको संकेत मिलेको हो । एउटा व्यावसायिक तथा आवासीय क्षेत्र मर मिखाइलमा एक जनाको मुटुको धड्कन थाहा भएको अनुसन्धानमा संलग्न कुकुरले पत्ता लगाएको छ । विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार बुधबार राति त्यहाँ मानिस जिवितै रहेको पाइएको कुकुरले संकेत दिएको थियो ।

त्यसपछि हिजो पनि सो ठाउँमा कुकुरले एक व्यक्ति जिवितै रहेको संकेत दिएको छ । त्यो संकेत प्राप्त भएपछि सावधानीपूर्वक भग्नावशेष पन्छाउने काम भइरहेको छ ।एजेन्सी


प्रतिक्रिया दिनुहोस्