जनतालाई राहत दिन ८ रुपैयाँ घटाइयो पेट्रोलको मूल्य « Arthapath.com
१५ मंसिर २०७८, बुधबार

जनतालाई राहत दिन ८ रुपैयाँ घटाइयो पेट्रोलको मूल्य



काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको चपेटामा विभिन्न देशका सर्वसाधारण परेका छन् । कोरोना महामारीले मूल्यवृद्धि बढिरहेको बेला भारत सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएको अन्तः शुल्क घटाएको छ । भारत सरकारले मूल्यबृद्धिबाट मर्कामा परेका जनतालाई राहत दिन पेट्रोलमा लागेको कर घटाएको छ ।

भारतको केन्द्र सरकारले पेट्रोल र डिजलमा लाग्दै आएको अन्तः शुल्क घटाएको छ । केन्द्र सरकारले पेट्रोलमा ५ भारु (८ रुपैयाँ) र डिजेलमा १० भारु (१६ रुपैयाँ) अन्तस् शुल्क घटाउने निर्णय गरेको हो । केन्द्र सरकारको निर्णयलाई भारतका २२ वटा राज्य र युनियन टेरिटोरीले इन्धनमा लाग्दै आएको भ्याटको दरसमेत कटौती गर्ने निर्णय गरेका छन् । १४ वटा राज्य र युनियन टेरिटोरीहरुले भने भ्याटको दर घटाएका छैनन् ।


प्रतिक्रिया दिनुहोस्