भारतमा चुनावको मुखमै युएईले ५० अर्ब डलर लगानी गर्ने, दक्षिणी छिमेकीको अर्थतन्त्रलाई ठूलो लाभ पुग्ने « Arthapath.com
१७ कार्तिक २०८०, शुक्रबार

भारतमा चुनावको मुखमै युएईले ५० अर्ब डलर लगानी गर्ने, दक्षिणी छिमेकीको अर्थतन्त्रलाई ठूलो लाभ पुग्ने



काठमाडौं । भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी र उनको दल भारतीय जनता पार्टीको भविष्य निर्धारण गर्ने नयाँ चुनाव नजिकिँदै गर्दा मुस्लिक देश साउदी अरबले ५० अर्ब अमेरिकी डलर लगानी गर्ने प्रस्ताव अघि बढाएको छ । हालैमात्र ब्लूम्बर्ग समेतका केही समाचार संस्थाले यससम्बन्धि खबरहरु छापेका छन् । भारतमा युएईले गर्न लागेको बृहत लगानीको विषयलाई धेरैले चासोका साथ हेरेका छन् ।

९ वर्षअघि प्रधानमन्त्री मोदीले सत्ता सम्हालेयता पाँच पटक अबुधाबि पुगिसकेका छन् । पछिल्लो समय इजरायलमा युद्ध चलिरहेको र युएईलाई इरानसँग सम्बन्ध विस्तार गराउन चीनले ठूलो कूटनीतिक सफलता पाएकै बेला यति ठूलो लगानीको सन्दर्भ बाहिरिएको छ ।

यसले भारतलाई उदाउँदो अर्थव्यवस्थाको रुपमा अघि बढाउन सहयोग पुर्याउने छ । भारतले पाँच महिनापछि हुने चुनावका निम्ति यो मुद्दालाई राम्रैसँग उठाउनसक्ने देखिएको छ । यस्तो प्रयासले भारतको तीव्र विकासका लागि सहयोगी हुने अनुमान छ ।

भारत र युएईबीच अहिले पेट्रोलियम पदार्थ बाहेक पनि १ खर्ब अमेरिकी डलर बराबरको ब्यापार साझेदारी भइरहेको छ । मोदी सत्तामा आएपछि युएईसँगको सम्बन्ध र ब्यापारमा उल्लेख्य बृद्धि भएको छ ।

उता युएईमा भारतीयहरुको आवादी ज्यादै बढेको छ । युएईको कुल जनसंख्यामध्ये करीब ३० प्रतिशत भारतीयहरु छन् । यसले पनि यी दुई मुलुकबीचको सम्बन्धलाई निकट बनाएको छ । युएई पनि पाकिस्तानजस्तै ९० प्रतिशत हाराहारी सुन्नी मुसलमानको आवादी रहेको देश हो । अहिले विश्व मञ्चमा आफ्नो अलग्गै अस्तित्व स्थापित गर्न प्रयासरत रहेको युएईले भारतसँग सम्बन्ध प्रगाढ बनाउने प्रयास गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्