‘एआई’ले सबैभन्दा पहिले कसको जागिर खोस्दै छ ? « Arthapath.com
१४ माघ २०८१, सोमबार

‘एआई’ले सबैभन्दा पहिले कसको जागिर खोस्दै छ ?



काठमाडौँ । वल्ड इकोनोमिक फोरम नामक संस्थाले स्विजरल्याण्डको डाभोसमा हरेक साल गर्ने वार्षिक सम्मेलनबारे नेपालमा ६ वर्ष अघि एकाएक चर्चा चुलिएको थियो । त्यस बखत प्रधानमन्त्री केपी शर्मा ओलीले ‘दक्षिण एसियाको रणनीतिक परिदृष्य’बारे एक सत्रलाई सम्बोधन गरेका थिए ।

विश्व अर्थतन्त्रबारे बहस र छलफल हुने उक्त सम्मेलनमा संसारभरका सरकार र केन्द्रिय बैंकदेखि आर्थिक नीति निर्माताहरुको भीड लाग्छ । यस पाला पनि उक्त सम्मेलनको ५५ औँ संस्करणमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प लगायतले सम्बोधन गरेका छन् ।

उक्त सम्मेलनमा अमेरिकाको नयाँ नीति र त्यसले विश्व व्यस्थामा पार्ने प्रभावबारे नै धेरै चर्चा भएको छ । यस बाहेक केही भिन्न कुराले पनि उक्त सम्मेलनमा चर्चा पाएको छ ।

उक्त सम्मेलनमा युरोपेली आयोगकी अध्यक्ष ओजुला फन दे लायेनले तथाकथिच ‘अठ्ठाइसौँ शासन (रेजिम)’ लागू गर्ने भनेकी छिन् । यसले अनावस्यक नियमहरुलाई हटाउने छ र एउटै नियम अन्तरगत रहेर युरोपेली संघका २७ वटै देशमा प्रवर्तनात्मक नयाँ कम्पनीहरु सञ्चालन गर्न अनुमति दिने छ ।

विश्वको सबैभन्दा ठूलो सम्पत्ती व्यवस्थापक कम्पनी ब्ल्याक–रकका अध्यक्ष तथा सीईओ ल्यारी फिङ्कले गत शुक्रबार घोषणा गरेका थिए– फेरि एक पल्ट युरोपमा लगानी गर्ने समय आएको हुनसक्छ ।

उक्त सम्मेलनमा ज्यादा महत्व दिइएको अर्को विषय चाहीँ कृत्रिम बुद्धमत्ता अर्थात् आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) हो । चिनियाँ स्टार्टअप ‘डीपसीक’ले विकास गरेको बृहद् भाषा मोडलहरुमा देखिएको प्रगतिले संसारलाई चकित पार्न थालेको छ ।

अहिले एकै समयमा संसारका धेरै कम्पनीहरुले एआई–एजेन्टहरु उत्पादन गर्न थालेका छन् । प्रशासनिक कार्यहरु र ऐतिहासिक विवरणहरुको भारी प्रशिक्षण दिइएका यस्तो एआई टुल्सहरु अब ‘डिजिटल सहायक’को भूमिकामा देखिन थालेका छन् ।

यस्ता एआई टुल्सले विस्तारै मानिसको रोजगारी खोस्न सक्ने भनेर बैंकर र प्राविधिक फर्महरुले चर्चा गरेका छन् । उनीहरुको अनुमान अनुसार सबैभन्दा पहिले जुनियर अकाउण्टेन्ट, क्रियटिभ टीम, रेडियोलोजिस्ट र कोडिङ गर्ने कर्मचारीहरुको विकल्पमा एआई टुल्सहरुले नै काम सम्हाल्ने छन् ।

बैंकर र प्राविधिक फार्महरुले ‘डेटा सेन्टर’हरुमा भइरहेको विशाल लगानीप्रति उत्साह जनाएका छन् । गत सातामात्रै डिजिटल पुर्वाधारको निर्माणका लागि ५ खर्ब अमेरिकी डलरको योजना अनावरण गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्