घरजग्गा कारोबारमा केवाईसी नचाहिने, बैंक स्टेटमेन्ट अनिवार्य, संशोधन हुँदै सम्पत्ति शुद्धीकरण निर्देशन « Arthapath.com
२३ जेष्ठ २०८२, शुक्रबार

घरजग्गा कारोबारमा केवाईसी नचाहिने, बैंक स्टेटमेन्ट अनिवार्य, संशोधन हुँदै सम्पत्ति शुद्धीकरण निर्देशन



काठमाडौं । भूमि व्यवस्थापन तथा अभिलेख विभागले जारी गरेको घरजग्गा कारोबारसम्बन्धी निर्देशन संशोधन हुने भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको चासोपछि केवाईसी सम्बन्धी प्रावधानलाई परिमार्जन गर्न लागिएको हो ।

सचिवस्तरीय छलफलपछि मालपोत कार्यालयमा संकलन हुने विवरणलाई नै केवाईसी सरह मानिने निर्णय भएको छ । त्यसैले अनावश्यक कागजात संकलन हटाउन निर्देशन परिमार्जन गरिने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जनाएको छ ।

संशोधित निर्देशनमा नाम वा सांकेतिक कोड प्रयोग गरी ग्राहक पहिचानको व्यवस्था गर्ने तयारी छ । बैंक स्टेटमेन्ट भने अनिवार्य नै रहने मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सम्पत्ति शुद्धीकरणसम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड कार्यान्वयन हुनेछ ।


प्रतिक्रिया दिनुहोस्